सामाजिक सुरक्षा कोषमा ९४ अर्ब ९ करोड जम्मा, योगदानकर्तालाई भुक्तानी १७ अर्ब २९ करोड
Last updated at 11:40 am
सामाजिक सुरक्षा कोषमा हालसम्म कुल ९४ अर्ब ९ करोड एक लाख ७९ हजार बराबरको रकम जम्मा भएको छ।
कोषले १७ अर्ब २९ करोड ३० लाख ५१ हजार बराबरको रकम योगदानकर्तालाई भुक्तानी समेत गरेको छ।
कोषमा कुल २५ लाख ९२ हजार १४१ जना सूचीकृत योगदानकर्ताका रुपमा समावेश भएका छन्। कोषमा २२ हजार १२५ सूचीकृत रोजगारदाता छन्। रोजगारदातालाई क्रमशः सूचीकृत गराउन कोषले आवश्यक पहल समेत गरिरहेको बताएको छ।
कोषमा औषधी उपचार, स्वास्थ्य तथा मातृत्व दावी रकम २ अर्ब ४२ करोड ५० लाख ८१ हजार रहेको छ। यस्तै, दुर्घटना तथा अशक्तता सुरक्षा दावी रकम २२ करोड ३१ लाख ६३ हजार, आश्रित परिवार सुरक्षा दावी रकम २८ करोड ३५ लाख ९७ हजार र अवकाश दावी रकम १४ अर्ब ३६ करोड १२ लाख ८ हजार रहेको छ।
Visited 5 times, 1 visit(s) today
