वाणिज्य बैंकहरुको घट्दो ब्याजदर, कात्तिक महिनामा पनि घट्यो
Last updated at 10:41 am
वाणिज्य बैंकहरुले कात्तिक महिनामा ब्याजदर घटाएका छन् । ती कम्पनीहरुले शुक्रबार प्रकाशित गरेको कात्तिक महिनाको नयाँ ब्याजदर सूचना अनुसार अधिकतम औषत ब्याजदर असोज महिनाको तुलनामा घटेको पाइएको छ।
ती क्रम्पनीहरुको भदौ महिनाको ब्याजदर ५ दशमलव ४६ प्रतिशतविन्दु रहेकोमा कात्तिक महिनामा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औषत ब्याजदर ५ दशमलव २० प्रतिशत विन्दु कायम भएको छ । व्यक्तिगत निक्षेपमा ती कम्पनीहरुको अधिकतम औषत ब्याजदर शून्य दशमलव २६ प्रतिशत विन्दुले घटेको देखिन्छ।
मुलुकमा हाल सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरुमध्ये १४ वटा कम्पनीहरुले ब्याजदर घटाउँदा औषत ब्याजदर घट्न पुगेको पाइएको छ। यसैगरी, छ वटा कम्पनीहरुले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदरमा असोज महिनाकै दरलाई निरन्तरता दिएका छन्।
यसबाहेक ती कम्पनीहरुले संस्थागत मुद्दति निक्षेपको अधिकतम औषत ब्याजदर शून्य दशमलव २२ प्रतिशत विन्दुले घटाएका छन्।
कात्तिक महिनाका लागि सबैभन्दा बढी ब्याजदर घटाउने कम्पनीमा माछापुच्छ्रे बैंक र एनएमबि बैंक छन्।त्यसैगरी, नेपाल बैंक, सिद्धार्थ बैंक, राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, ग्लोबल आइएमई बैंक र हिमालयन बैंकले भने व्यक्तिगत र संस्थागत निक्षेपमा असोज महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।