गरिमा विकास बैंकले गर्यो लाभांश घोषणा
Last updated at 10:39 am
गरिमा विकास बैंकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेको छ।
असोज २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो।
कम्पनीले हाल कायम चुक्तापूँजीको १० दशमलव ५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमा ६ प्रतिशत बोनस शेयर छ भने ४ दशमलव ५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनीले पाउने छन्।
कम्प्नीको हाल कायम चुक्तापूँजी ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३२७ दशमलव ५७ रुपैयाँ छ ।
Visited 11 times, 1 visit(s) today
