श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको आईपीओ आजदेखि निष्कासनमा
Last updated at 10:55 am
श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले आज अर्थात् असोज २६ गतेदेखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्कासन गरेको हो।
कम्पनीले दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा २५ करोड १० लाख ४९ हजार ३०० रुपैयाँबराबरको २५ लाख १० हजार ४९३ कित्ता शेयर निष्कासन गरेको हो।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। निष्कासन बन्द छिटोमा असोज २९ गते हुनेछ भने ढिलोमा कात्तिक ९ गते हुनेछ।
आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्ने रेटिङ्ग प्रदान गरेको छ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इम्भेष्टमेन्ट बैंकिङ्ग छ।