आरएसडिसी लघुवित्तद्वारा नगद लाभांश घोषणा
Last updated at 12:08 pm
आरएसडिसी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेको छ।
कम्पनीले हाल कायम चुक्तापूँजीको ८ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। गत असोज ११ गते शनिबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनीले पाउने छन् ।
Visited 5 times, 1 visit(s) today