सर्वसाधारणमा २१ प्रतिशत आईपीओ निष्कासन गर्ने योजनामा स्काईपिक एड्भेन्चरस पार्क
Last updated at 01:34 pm
स्काईपिक एड्भेन्चरस पार्क लिमिटेडले सर्वसाधारणका लागि जारी पूँजीको २१ प्रतिशत आईपीओ निष्कासन गर्ने भएको छ ।
गत असोज ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासनको प्रस्तावसहित अन्य विविध प्रस्ताव पारितका लागि कात्तिक १ गते प्रथम वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।
सभाले २१ प्रतिशत आईपीओ सर्वसाधारणका लागि जारी गर्ने र त्यसका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय गर्नेछ । विक्री प्रबन्धक तथा प्रत्याभूतिकर्ता नियुक्तीको प्रस्ताव पनि सभाले पारित गर्नेछ ।
साथै सोही सभाले गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।
Visited 4 times, 4 visit(s) today