बाजेको सेकुवाले आईपीओ निष्कासन गर्ने,बोलायो साधारण सभा
Last updated at 08:22 am
बाजेको सेकुवा लिमिटेडले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले उक्त विशेष प्रस्तावमा पारित गर्न १६ औं वार्षिक साधारणसभा बोलाएको छ।
कम्पनीको गत भदौ ७ गते बसेको सञ्चालक समितिको बैठकले आगामी असोज २ गते साधारणसभा बोलाएको हो । सभा काठमाडौंको बत्तिसपुतलीस्थित रजिष्टर्ड कार्यालयमा दिउँसो ३ बजेदेखि सभा बस्ने निर्णय गरेको हो।
उक्त सभाले आईपीओ निष्कासन गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, अन्य कम्पनीसँग मर्जर तथा डीडीए गर्ने र यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्तावमा छलफल गर्नेछ।
यसैगरी सभाले गत आवको वित्तीय विवरणहरूमा पनि छलफल गरी पारित गर्ने र चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
Visited 6 times, 7 visit(s) today