बुङ्गल हाइड्रोपावरको आईपीओ भदौ १६ गतेदेखि निष्कासनमा
Last updated at 01:34 pm
बुङ्गल हाइड्रो लिमिटेडले आगामी भदौ १६ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले १७ लाख १ हजार ५०० कित्ता शेयर निष्कासन गरेकोमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।कम्पनीको आईपीओ निष्कासन बन्द छिटोमा भदौ १९ गते र ढिलोमा भदौ ३० गते हुनेछ।
आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी सिंगल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।
कम्पनीले पहिलो चरणअन्तर्गत गत असार २९ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि आईपीओ निष्कासन गरेकोमा बाँडफाँट भइसकेको छ ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल छ ।