हाथवे इन्भेस्टमेन्ट कम्पनीको लाभांश घोषणा
Last updated at 10:57 am
हाथवे इन्भेस्टमेन्ट कम्पनीले लाभांश घोषणा गरेको छ ।
कम्पनीको सोमबार साँझ बसेको सञ्चालक समिति बैठकले कुल १२ दशमलव ६३२ प्रतिशत लाभांश घोषणा गरेको हो । जसमा १२ प्रतिशत बोनस शेयर र शून्य दशमलव ६३२ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश रहेको छ ।
गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट कम्पनीले शेयरधनीलाई लाभांश घोषणा गरेको हो । प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभामा लैजाने र प्रस्ताव पारित भएपछि वितरण हुने कम्पनीले जनाएको छ ।
केहि समयअघि कम्पनीले अंकित मूल्य ५० रुपैयाँका दरले आईपीओ निष्कासन गरेको थियो । हाल धितोपत्र बजारमा कम्पनीको शेयरमूल्य १ हजार २४१ रुपैयाँ छ ।
Visited 3 times, 3 visit(s) today