अमुदी फुड्सले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल
Last updated at 08:17 pm
अमुदी फुड्स लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँका दरले सर्वसाधारणमा आईपीओ निष्कासन गर्न ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो। यस सम्बन्धमा कम्पनी र क्यापिटल बीच शेयर निष्कासन सम्बन्धी सम्झौता सम्पन्न भएको हो।
सोमबार ग्लोबल आइएमई क्यापिटलको केन्द्रीय कार्यालय नक्सालमा आयोजित कार्यक्रममा अमुदी फुड्सका अध्यक्ष अच्युत बस्नेत र ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइटेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
कम्पनीको कर्पोरेट अफिस काठमाडौं महानगरपालिका–३२, कोटेश्वरमा छ भने उत्पादन उद्योग चितवनको भरतपुर–१२, गोन्द्राङमा अवस्थित छ।
यसको संस्थापनमा विभिन्न क्षेत्रमा अनुभव प्राप्त प्रतिष्ठित व्यवसायी, उद्योगी, शिक्षाविद् तथा ख्यातिप्राप्त व्यक्तित्वहरूको लगानी छ।
कम्पनीले ‘ग्लोबल’ ब्रान्डमार्फत गुणस्तरीय स्न्याक्स उत्पादन गर्दै आएको बताएको छ।