सिक्लेस हाइड्रोपावरद्वारा लाभांश घोषणा, बोनसपछि हकप्रद शेयर निष्कासन गर्ने
Last updated at 12:17 pm
सिक्लेस हाइड्रोपावर कम्पनीले लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको गत साउन २५ गते बसेको सञ्चालक समितिको बैठककले लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
जसअनुसार कम्पनीले चुक्तापूँजीको १५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनको लागि शून्य दशमलव ७८ प्रतिशत नगद लाभांश वितरण गर्ने छ ।
साथै उक्त बोनस शेयर पछि कायम हुने चुक्तापूँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने कम्पनीले जनाएको छ ।प्रस्तावित लाभांश कम्पनीको आगामी आर्थिक वर्षको वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउने छन् ।
Visited 2 times, 2 visit(s) today