स्वाभिमान लघुवित्तले कमायो ७ करोड ३३ लाख नाफा
Last updated at 10:55 am
स्वाभिमान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण बुधबार प्रकाशित गरेको छ। उक्त वित्तीय विवरण अनुसार सो अवधिमा कम्पनीको खुद नाफा बढेको छ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ७ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आवको सोही अवधिको तुलनामा ८१९ दशमलव शून्य ८ प्रतिशतले बढी हो। अघिल्लो आवको सोही अवधिसम्ममा कम्पनीले ७८ लाख ७२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ८६दशमलव ४३ प्रतिशतले बढेको छ भने खुद फि तथा कमिशन आम्दानी २० दशमलव ५० प्रतिशतले बढेको छ। यसैगरी, सो अवधिमा कम्पनीको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ७३ दशमलव ९६ प्रतिशतले बढेको छ भने सञ्चालन मुनाफा १ हजार १०४ दशमलव २० प्रतिशतले बढेको छ।
यसैगरी, असार मसान्तसम्ममा कम्पनीको खराब कर्जा४ दशमलव २० प्रतिशत छ। त्यस्तै, गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको इम्पेरमेन्ट चार्ज २ करोड १० लाख रुपैयाँ रिभर्स भएको देखिन्छ।
असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १८७ रुपैयाँ २७ पैसा छ भने मूल्य आम्दानी अनुपात ३८ दशमलव ३८ गुणा छ। त्यस्तै, सो अवधिसम्ममा कम्पनीको वितरणयोग्य मुनाफा ६ करोड ३ लाख रुपैयाँ छ।
यसैगरी, कम्पनीको रिजर्भ कोषमा १३ करोड ३९ लाख रुपैयाँ सञ्चित छ। त्यसैगरी, कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्ममा २ अर्ब ७७ करोड ७८ लाख रुपैयाँ निक्षेप तथा सापटीबाट २ अर्ब ८८ करोड ४१ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।
कम्पनीको चुक्तापूँजी १५ करोड ३४ लाख रुपैयाँ छ । साताको तेस्रो कारोबार दिन मंगलबार धितोपत्र बजार बन्द हुँदा कम्पनीको शेयरमूल्य प्रतिकित्ता १ हजार ७९८ रुपैयाँ छ ।