गणपति लघुवित्तले कमायो ४ करोडभन्दा बढी नाफा
Last updated at 12:16 pm
गणपति लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ४ करोड २५ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ ।
अघिल्लो वर्षको चौथो त्रैमाससम्म १ करोड ५२ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष भने १७९ दशमलव ५१ प्रतिशत बढी खुद नाफा गरेको हो ।
गत वर्ष कम्पनीको इम्पेरमेन्ट चार्ज वापत्को रकम १ करोड ६५ लाख रुपैयाँभन्दा बढी फिर्ता भएको छ भने कुल सञ्चालन आम्दानी ४२ दशमलव २६ प्रतिशत बढेको छ । सञ्चालन नाफा भने अघिल्लो वर्षभन्दा १६८ दशमलव २७ प्रतिशत बढी भएको छ । गत चौथो त्रैमाससम्म १ अर्ब ७६ करोड रुपैयाँभन्दा बढी कर्जा सापटी लिएको कम्पनीले ५० करोड ३७ लाख रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ ।
यस अवधिसम्म कम्पनीको कर्जा प्रवाह भने २ अर्ब २९ करोड रुपैयाँभन्दा बढी छ । निष्क्रिय कर्जा अघिल्लो वर्ष ५ दशमलव ८४ प्रतिशत रहेकोमा गत वर्ष ४ दशमलव ५१ प्रतिशतमा झरेको छ । वार्षिक प्रतिशेयर आम्दानी २८ रुपैयाँ ४ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने १७७ रुपैयाँ ४५ पैसा छ ।
हाल कम्पनीको चुक्तापूँजी १५ करोड १५ लाख ५४ हजार रुपैयाँ छ भन जगेडा कोषमा ९ करोड ९ लाख रुपैयाँभन्दा बढी सञ्चित छ ।हाल धितोपत्र बजारमा कम्पनीको शेयरमूल्य प्रतिकित्ता १ हजार ६५० रुपैयाँ हाराहारी छ ।