आशा लघुवित्तले कमायो करिब २१ करोड नाफा, यस्ता छन् अन्य सूचक
Last updated at 09:25 am
आशा लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८१/०८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सोमबार सार्वजनिक गरेको छ।
वित्तीय विवरणअनुसार कम्पनीले गत आवमा २० करोड ९२ लाख रुपैयाँ नाफा कमाएको छ। अघिल्लो आवको सोही अवधिसम्ममा कम्पनीले ६ करोड रुपैयाँ मात्र नाफा कमाएको थियो। यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा २४८ दशमलव २८ प्रतिशतले बढी हो ।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा ३० करोड १६ रुपैयाँ छ। अघिल्लो आवमा भने यस्तो नाफा ८ करोड ४८ लाख रुपैयाँ थियो।
यसैगरी, सो अवधिमा कम्पनीले ७३ करोड ८८ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ। अघिल्लो आवको सोही अवधिमा भने कम्पनीले ४४ करोड ११ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो।
कम्पनीको वितरणयोग्य मुनाफा १६ करोड ३६ लाख रुपैयाँ छ। कम्पनीको रेटिन्ड अर्निङतर्फ १६ करोड ३६ लाख रुपैयाँ छ। असारमसान्तसम्ममा कम्पनीले ६ अर्ब ४५ करोड ४१ लाख रुपैयाँ सापटी लिएर १० अर्ब ४४ करोड ९३ लाख रुपैयाँ कर्जा लगानी गरेको देखिन्छ।
समीक्षा अवधिमा कम्पनीको खराब कर्जा अनुपात ४ दशमलव ४८ प्रतिशत कायम छ। त्यस्तै, कम्पनीको प्रतिशेयर आम्दानी २८ दशमलव ५५ रुपैयाँ छ । यसैगरी, कम्पनीको मूल्य आम्दानी अनुपात ३१ दशमलव ३८ गुणा छ भने प्रतिशेयर नेटवर्थ १७२ दशमलव ९० रुपैयाँ छ।
यसैगरी, कम्पनीको रिजर्भ कोषमा ३७ करोड ७ लाख रुपैयाँ सञ्चित छ। कम्पनीको चुक्तापूँजी ७३ करोड ३० लाख रुपैयाँ छ । साताको पहिलो कारोबार दिन आइतबार धितोपत्र बजार बन्द हुँदा कम्पनीको शेयरमूल्य प्रतिकित्ता ९२५ रुपैयाँ छ ।