सिवाईसी नेपाल लघुवित्तले कमायो ११ करोड ७४ लाख नाफा
Last updated at 09:32 am
सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण आइतबार प्रकाशित गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा बढेको छ।
समीक्षा अवधिमा कम्पनीले ११ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आवको सोही अवधिको तुलनामा २०८ दशमलव ४४ प्रतिशतले बढी हो। अघिल्लो आवको सोही अवधिसम्ममा कम्पनीले ३ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेकाले कम्पनीको खुद नाफामा टेवा पुगेको देखिन्छ । यसगरी, कम्पनीको खुद ब्याज आम्दानी ४१ दशमलव ३० प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी भने १६ दशमलव १५ प्रतिशतले घटेको छ।
त्यस्तै, कम्पनीको कुल सञ्चालन आम्दानी पनि २९ दशमलव ४८ प्रतिशत र सञ्चालन मुनाफा २५० दशमलव ५३ प्रतिशतले बढेको छ। उक्त अवधिसम्ममा कम्पनीको वितरणयोग्य मुनाफा ९ करोड १० लाख रुपैयाँ पुगेको छ।
कम्पनीको वितरणयोग्य प्रतिशेयर आम्दानी ३४ रुपैयाँ १७ पैसा छ भने प्रतिशेयर नेटवर्थ २७७ रुपयाँ १७ पैसा छ । यसैगरी, मूल्य आम्दानी अनुपात ४० दशमलव २८ गुणा छ।
यसैगरी, कम्पनीको रिजर्भ कोषमा ४७ करोड २० लाख रुपैयाँ सञ्चित छ। कम्पनीको चुक्तापूँजी २६ करोड ६४ लाख रुपैयाँ छ । साताको अन्तिम कारोबार दिन बिहीबार धितोपत्र बजार बन्द हुँदा कम्पनीको शेयरमूल्य प्रतिकित्ता १ हजार ८२० रुपैयाँ छ ।