खानी खोला हाइड्रोपावरको शतप्रतिशत हकप्रद शेयर भदौ ३ गतेदेखि निष्कासनमा
Last updated at 10:59 am
खानी खोला हाइड्रोपावर कम्पनीले आगामी भदौ ३ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्तापूँजीको १०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो।
जसअनुसार कम्पनीले ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ।कम्पनीको हकप्रद शेयरमा भदौ २३ गतेसम्म आवेदन दिन सकिनेछ।
हकप्रद निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी सिंगल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल छ। हाल कम्पनीको चुक्तापूँजी ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँ छ। हकप्रद निष्कासन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्तापूँजी ९३ करोड १४ लाख २८ हजार ६०० रुपैयाँ पुग्नेछ।
हकप्रद शेयर निष्कासन गरी संकलन भएको रकम ऋण घटाउन, कम्पनीको वित्तीय स्थिति सुधार गर्न र ऋणसँग सम्बन्धित ब्याज खर्च घटाउन तथा इक्विटी अभिवृद्धि गर्न प्रयोग गरिने विवरणपत्रमा उल्लेख छ।