कालिका लघुवित्तले कमायो करिब ११ करोड नाफा
Last updated at 11:02 am
कालिका लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण बुधबार प्रकाशित गरेको छ। उक्त वित्तीय विवरण अनुसार सो अवधिमा कम्पनीको खुद नाफा बढेको छ।
समीक्षा अवधिमा कम्पनीले १० करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो खुद नाफा ३६ दशमलव ४२ प्रतिशतले धेरै हो।अघिल्लो आवको अन्त्यसम्ममा कम्पनीले ७ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेकाले खुद नाफामा टेवा पुगेको देखिन्छ। उक्त अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ५० दशमलव २९ प्रतिशत र अन्य सञ्चालन आम्दानी ८३ दशमलव ८८ प्रतिशतले बढेको छ।
त्यस्तै, कम्पनीको कुल सञ्चालन आम्दानी ५४ दशमलव ९८ प्रतिशत र सञ्चालन मुनाफा ९५ दशमलव ८९ प्रतिशतले बढेको देखिन्छ। यसैगरी, असार मसान्तसम्ममा कम्पनीको वितरणयोग्य मुनाफा ६ करोड १९ रुपैयाँ छ।
कम्पनीको रिजर्भ कोषमा ३५ करोड २४ लाख रुपैयाँ सञ्चित छ। कम्पनीले चौथो त्रैमाससम्ममा १ अर्ब ६४ करोड ६९ लाख रुपैयाँ निक्षेप तथा सापटीबाट ४ अर्ब ८४ करोड ७४ रुपैयाँ कर्जा लगानी गरेको छ।
समीक्षा अवधिमा कम्पनीको मूल्य आम्दानी अनुपात ३९ दशमलव ९६ गुणा छ भने प्रतिशेयर नेटवर्थ १८६ रुपैयाँ ४४ पैसा छ।
कम्पनीको चुक्तापूँजी ४० करोड ७६ लाख रुपैयाँ छ । साताको तेस्रो कारोबार दिन मंगलबार धितोपत्र बजार बन्द हुँदा कम्पनीको शेयरमूल्य प्रतिकित्ता १ हजार १८५ रुपैयाँ ५० पैसा छ ।