सागर डिस्टिलरीले आईपीओ निष्कासन गर्न पायो स्वीकृति
Last updated at 09:50 am
सागर डिस्टिलरीले आईपीओ निष्कासन गर्न स्वीकृति पाएको छ ।
कम्पनीलाई साउन १२ गते नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको हो ।
अब कम्पनीले सर्वसाधारणलाई १४ करोड ५२ लाख रूपैया बरावरको १४ लाख ५२ हजार कित्ता प्राथमिक शेयर निष्कासन गर्नेछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल छ।
कुल ७२ लाख ६० हजार कित्ता शेरमध्ये सर्वसाधारण समूहमा २० प्रतिशत निष्कासन हुन लागेको हो । बाँकी ८० प्रतिशत शेयर संस्थापक समूहको रहनेछ ।
कम्पनीले आफ्नो पूँजीको २० प्रतिशत शेयर १०० रुपैयाँ अंकित मूल्यमा निष्कासन गर्न लागेको हो।
उत्पादन तथा प्रशोधन समूहको उक्त कम्पनीले नेप्से बुल्स, रोयल ब्लु, गभर्नर, ग्रेउल्फ लगायत ब्राण्डका मदिरा उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।
Visited 16 times, 1 visit(s) today
