निफ्राको नाफामा गिरावट, वितरणयोग्य मुनाफा भने वृद्धि
Last updated at 10:28 am
नेपाल इन्फ्रास्ट्रक्चर बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण बुधबार प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार उक्त अवधिमा कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको देखिएको छ।
गत आवको अन्त्यसम्ममा कम्पनीले १ अर्ब १४ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आवको सोही अवधिको तुलनामा १३ दशमलव ८६ प्रतिशतले घटी हो। अघिल्लो आवको अन्त्यसम्ममा कम्पनीले १ अर्ब ३२ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिसम्ममा खुद ब्याज आम्दानी घटेकाले कम्पनीको खुद नाफामा असर परेको हो ।समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २५ दशमलव ५१ प्रतिशतले घटेको देखिन्छ भने खुद फि तथा कमिशन आम्दानी चाहिं ७९ दशमलव ७३ प्रतिशतले बढेको छ।
यसैगरी, उक्त अवधिमा कम्पनीको सञ्चालन आम्दानी पनि २५ दशमलव शून्य ३ प्रतिशत र सञ्चालन मुनाफा १३ दशमलव ६९ प्रतिशतले घटेको देखिन्छ।
समीक्षा अवधिमा कम्पनीको वितरणयोग्य मुनाफा भने बढेको छ। कम्पनीको यस्तो मुनाफा ६६ करोड ७९ लाख रुपैयाँबाट बढेर १ अर्ब १७ करोड ६१ लाख रुपैयाँ पुगेको छ।
त्यसैगरी, कम्पनीको निक्षेप ८२६ दशमलव ६५ गुणा बढेको छ भने कर्जा १८ दशमलव ९० प्रतिशतले बढेको छ।समीक्षा अवधिसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ५९ दशमलव ९६ गुणा छ भने प्रतिशेयर नेटवर्थ ११८ रुपैयाँ ८८ पैसा छ।
यसैगरी, कम्पनीको रिजर्भ कोषमा ४ अर्ब ७ करोड ७१ लाख रुपैयाँ सञ्चित छ। कम्पनीको चुक्तापूँजी २१ अर्ब ६० करोड रुपैयाँ छ । साताको तेस्रो कारोबार दिन मंगलबार धितोपत्र बजार बन्द हुँदा कम्पनीको शेयरमूल्य प्रतिकित्ता ३१० रुपैयाँ ९० पैसा छ ।