सिन्धु विकास बैंकले कमायो ११ करोड ७८ लाख नाफा
Last updated at 08:00 pm
सिन्धु विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण मंगलबार प्रकाशित गरेको छ। उक्त वित्तीय विवरण अनुसार उक्त अवधिमा कम्पनीको खुद नाफा बढेको छ।
कम्पनीले उक्त अवधिसम्ममा ११ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आवको सोही अवधिको तुलनामा २८७ दशमलव ६० प्रतिशतले बढी हो। अघिल्लो आवको अन्त्यसम्ममा कम्पनीले ३ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खराब कर्जा घट्दा इम्पेरमेन्ट चार्ज रिभर्स भएकाले कम्पनीको को खुद नाफामा उल्लेख्य टेवा पुगेको देखिन्छ । यसैगरी,समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ३० दशमलव १४ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ३४ दशमलव ५३ प्रतिशतले घटेको छ। त्यस्तै, कम्पनीको कुल सञ्चालन आम्दानी ३० दशमलव ४९ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ४१७ दशमलव ३९ प्रतिशतले बढेको छ।
त्यस्तै, कम्पनीको खराब कर्जा भने १० दशमलव ६३ प्रतिशतबाट घटेर ६ दशमलव शून्य ३ प्रतिशतमा झरेको भएको छ। कम्पनीको रिजर्भ कोष भने ७ करोड ४१ लाख रुपैयाँ ऋणात्मक छ। समीक्षा अवधिसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ४० दशमलव ९९ गुणा छ भने प्रतिशेयर नेटवर्थ ८६ रुपैयाँ ७० पैसा छ।कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी २१ दशमलव १५ रुपैयाँ कायम छ।
कम्पनीको चुक्तापूँजी ५५ करोड ७४ लाख रुपैयाँ छ । साताको दोस्रो कारोबार दिन सोमबार धितोपत्र बजार बन्द हुँदा कम्पनीको शेयरमूल्य प्रतिकित्ता ८२० रुपैयाँ छ ।