२ जलविद्युत् कम्पनीले आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा दिए निवेदन
Last updated at 11:21 am
दुई वटा अलग – अलग जलविद्युत् कम्पनीले आईपीओ निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएका छन्। जसमा भिजन इनर्जी एन्ड पावर र ह्वाइट लोटस पावर कम्पनी छन् ।
यी दुबै कम्पनीले नेपाल धितोपत्र बोर्डमा आईपीओ निष्कासनका लागि अनुमति माग्दै निवेदन दिएका छन्।धितोपत्र बोर्डले अनुमति दिएमा भिजन इनर्जीले ८३ करोड रुपैयाँ र ह्वाइट लोटस पावरले १२ करोड १९ लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गर्नेछन्।
भिजन इनर्जीले १०० रुपैयाँ अंकितमूल्यमा कुल ८३ लाख कित्ता र ह्वाइट लोटस पावरले १२ लाख १९ हजार कित्ता साधारण शेयर निष्कासन गर्नेछन्।
जसका लागि भिजन इनर्जीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल र ह्वाइट लोटस पावरको नेपाल एसबीआई मर्चेन्टलाई नियुक्त गरिसकेको छ ।
ह्वाइट लोटस पावरले हाल लमजुङ जिल्लामा ६ दशमलव ८२ मेगावाट क्षमताको ‘हिदी खोला जलविद्युत आयोजना’ निर्माण गरिरहेको छ। आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।
यसैगरी,भिजन इनर्जी एन्ड पावरले रामेछामको उत्तरी क्षेत्रमा ५७ दशमलव ५ मेगावाटको नुप्चे–लिखु जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।