कामना सेवा विकास बैंकले कमायो साढे ६३ करोड नाफा, यस्तो छ वित्तीय अवस्था
Last updated at 10:46 am
कामना सेवा विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार उक्त अवधिमा कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको पाइएको छ।
गत आवको सोही अवधिसम्ममा कम्पनीले ६३ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आवको सोही अवधिको तुलनामा ९ दशमलव १९ प्रतिशतले बढी हो।
अघिल्लो आवको सोही अवधिसम्ममा कम्पनीले ५८ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। उक्त अवधिमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेकाले खुद नाफामा टेवा पुगेको देखिन्छ ।
समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ५ दशमलव २५ प्रतिशतले बढेको छ। यसैगरी, उक्त अवधिमा कम्पनीको खुद फि तथा कमिशन आम्दानी पनि १५ दशमलव शून्य ४ प्रतिशतले बढेको छ भने कुल सञ्चालन खर्च भने ४ दशमलव १९ प्रतिशतले बढेको छ। त्यस्तै समीक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा पनि १ दशमलव ९७ प्रतिशतले बढेको छ।
समीक्षा अवधिमा कम्पनीको कुल वितरणयोग्य मुनाफा ६० करोड ७४ लाख रुपैयाँ छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १७ रुपैयाँ ३० पैसा छ।
यसैगरी, कम्पनीको प्रतिशेयर नेटवर्थ १६८ रुपैयाँ १३ पैसा छ भने मूल्य आम्दानी अनुपात २७ दशमलव ६९ गुणा छ।त्यस्तै, कम्पनीको रिजर्भ कोषमा २ अर्ब ३९ करोड १८ लाख रुपैयाँ छ।
समीक्षा अवधिसम्मका कम्पनीले ६२ अर्ब ८३ करोड ४३ लाख रुपैयाँ निक्षेप संकलन गरी ४९ अर्ब ९६ करोड ७२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।समीक्षा अवधिसम्ममा कम्पनीको इम्पेरमेन्ट चार्ज वापत्को रकम ४१ करोड ७४ लाख रुपैयाँभन्दा बढी छ । अघिल्लो आवको सोही अवधिसम्ममा कम्पनीको इम्पेरमेन्ट चार्ज रकम ३५ करोड ८२ लाख रुपैयाँभन्दा बढी थियो ।
कम्पनीको चुक्तापूँजी ३ अर्ब ५१ करोड ८ लाख रुपैयाँ छ । साताको अन्तिम कारोबार दिन शुक्रबार धितोपत्र बजार बन्द हुँदा कम्पनीको शेयरमूल्य प्रतिकित्ता ५३५ रुपैयाँ छ ।