एशियन लाइफ इन्स्योरेन्सको हकप्रद शेयर निष्कासनमा
Last updated at 10:14 am
एशियन लाइफ इन्स्योरेन्स कम्पनीले आज अर्थात् असार २५ गतेदेखि हकप्रद शेयर निष्कासन गरेको छ। कम्पनीले हाल कायम चुक्तापूँजीको ४२ प्रतिशत हकप्रद शेयर निष्कासन गरेको हो।
कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर ४ दशमलव २ कित्ता अनुपातमा हकप्रद शेयर निष्कासन गरेको हो। यस अनुसार कम्पनीले १ अर्ब ४२करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १ करोड ४२ लाख ७९ हजार ३१२।४८ कित्ता हकप्रद शेयर निष्कासन गरेको हो ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल छ।हाल कम्पनीको चुक्तापूँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ३०७ रुपैयाँ रहेको छ।
हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी ४ अर्ब ८२ करोड ७७ लाख ६७ हजार ५५५ रुपैयाँ पुग्नेछ।
Visited 5 times, 1 visit(s) today