लोवर मिड रावाखोला हाइड्रोले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैंकिङ
Last updated at 08:00 pm
लोवर मिड रावाखोला हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आईपीओ निष्कासन गर्ने प्रक्रिया शुरु गरेको छ । कम्पनीले १० करोड रुपैयाँबराबरको १०० अंकित मूल्यमा १० लाख कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेहो हो ।
आईपीओ जारी गर्ने प्रयोजनका लागि कम्पनीले आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । कम्पनी र आरविवि मर्चेन्ट बैंकिङबीच असार २३ गते यस सम्बनधी सम्झौतामा हस्ताक्षर भएको छ ।
उक्त सम्झौतापत्रमा कम्पनीका तर्फबाट कार्यकारी अध्यक्ष शम्भु प्रसाद घिमिरे र मर्चेन्ट बैंकिङका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन्।
क्रम्पनीले खोटाङ्ग जिल्लामा चार मेगावाट क्षमताको विद्युत् आयोजना निर्माण गरिरहेको छ ।
Visited 3 times, 1 visit(s) today