हिमालयन बैंकलाई एफपीओ निष्कासन गर्न धितोपत्र बोर्डको अनुमति
Last updated at 07:29 pm
हिमालयन बैंकले एफपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
धितोपत्र बोर्डबाट अनुमति पाएसँगै अब कम्पनीले १ अब ४५ करोड २३ लाख २३ हजार ६३३ रुपैयाँ बराबरको ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ निष्कासन गर्नेछ। कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा ५७ रुपैयाँ थप गरेर प्रतिकित्ता १५७ रुपैयाँमा शेयर निष्कासन गर्नेछ।
कम्पनीले साधारण शेयर हिस्सा बढाएर ३० प्रतिशत पुर्याउन एफपीओ निष्कासन गर्न लागेको हो। बैंक तथा वित्तीय संस्थाको साधारण शेयर हिस्सा ३० प्रतिशत हुनुपर्ने व्यवस्था छ।
हाल उक्त कम्पनीको साधारण शेयर हिस्सा २७ दशमलव शून्य १ प्रतिशत छ। कम्पनीले सिभिल बैंकलाई समायोजना गरेपछि संस्थापक समूहतर्फको हिस्सा बढेपछि साधारण शेयरको हिस्सा घटेको छ ।
आइतबार दोस्रोबजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता २२३ रुपैयाँमा कारोबार भएको छ। हाल कम्पनीको चुक्तापूँजी २१ अर्ब ६५ करोड रुपैयाँ छ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल छ।