बन्दीपुर केबलकारले पायो आईपीओ जारी गर्न धितोपत्र बोर्डबाट अनुमति
Last updated at 07:18 am
बन्दीपुर केबलकार एन्ड टुरिजमले आईपीओ निष्कासन गर्न अनुमति पाएको छ।
बिहीबार उक्त कम्पनीलाई आईपीओ निष्कासन गर्न बोर्डले अनुमति दिएको हो।अब कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा कुल ५८ लाख ६० हजार कित्ता शेयर निष्कासन गर्नेछ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ छ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेका नागरिकलाई आईपीओ निष्कासन गर्नेछ।त्यसपछि सर्वसाधारणका लागि आवेदन खुल्नेछ ।
आईपीओ निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी २ अर्ब ८३ करोड रुपैयाँ पुग्नेछ।कम्पनीले तनहुँको बन्दीपुरमा केबलकार सञ्चालन गरिरहेको छ ।
Visited 6 times, 1 visit(s) today