स्वस्तिक लघुवित्तको आईपीओ असार २७ गतेदेखि निष्कासनमा
Last updated at 10:47 am
स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी असार २७ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गर्नेछ । त्यसपछि कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्नेछ ।
कम्पनीले २ करोड ३१ लाख रुपैयाँ बराबरको २ लाख ३१ हजार कित्ता आईपीओ निष्कासन गर्नेछ ।नेपाल धितोपत्र बोर्ड (सेवोन) ले कम्पनीलाई गत असार ५ गते २ करोड ३१ लाख रुपैयाँ बराबरको २ लाख ३१ हजार कित्ता आईपीओ निष्कासनका लागि अनुमति दिएको थियो ।
कम्पनीले जारी पूँजीको सर्वसाधारणमा ४० प्रतिशत शेयर जारी गर्नेछ ।कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नविल इन्भेष्टमेन्ट बैंकिङ छ ।
इक्रा नेपालले कम्पनीको आईपीओलाई इक्राएनपी इस्यूअर रेटिङ्ग बी एटदरेट प्रदान गरेको छ। यसले लघुवित्तको समयमा वित्तीय दायित्व पूण गर्न सक्ने अवस्थामा उच्च जोखिम रहेको संकेत गर्दछ।
हाल कम्पनीको चुक्तापूँजी ३ करोड ४६ लाख ५० हजार रुपैयाँ छ ।