हिमालयन बैंकको एफपीओ नागरिक लगानी कोषले प्रत्याभूति गर्ने
Last updated at 08:15 pm
नागरिक लगानी कोषले हिमालयन बैंकले निष्कासनमा ल्याउन लागेको एफपीओको प्रत्याभूति गर्ने भएको छ।
यस सम्बन्धी सम्झौतामा आइतबार कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणाले हस्ताक्षर गरेका छन्।
सम्झौता अनुसार कम्पनीले निष्कासन गर्ने ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ शेयरको पूर्ण प्रत्याभूति नागरिक लगानी कोषले गर्नेछ।
सम्झौता मितिबाट आगामी तीन महिनासम्म यो व्यवस्था लागू हुने कम्पनीले बताएको छ।कम्पनीले एफपीओ निष्कासनको अनुमति माग्दै गत माघ २८ गते नेपाल धितोपत्र बोर्डमा निवदेन दिइसकेको छ ।
कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँमा ६९ रुपैयाँ प्रिमियम वापत थप गरि प्रतिकित्ता १६९ रुपैयाँमा एफपीओ निष्कासनका लागि बोर्डसँग अनुमति मागेको छ ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धकमा सिटिजन्स क्यापिटल छ ।