स्वस्तिक लघुवित्तले आईपीओ निष्कासन गर्न पायो अनुमति
Last updated at 07:05 am
स्वस्तिक लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासन गर्न अनुमति पाएको छ।
नेपाल धितोपत्र बोर्डले बिहीबार कम्पनीलाई आईपीओ निष्कासनका लागि अनुमति दिएको हो।
कम्पनीले निष्कासन अनुमति पाए सँगै चालू आर्थिक वर्षमा प्राथमिक शेयर निष्कासन गर्न अनुमति पाउने कम्पनीको संख्या १२ पुगेको छ ।
अब उक्त कम्पनीले कुल २ करोड ३१ लाख रुपैयाँ बराबरको २ लाख ३१ हजार कित्ता शेयर निष्कासन गर्ने छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा शेयर निष्कासन गर्नेछ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ छ।
Visited 18 times, 1 visit(s) today
