युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा
Last updated at 07:05 am
युनाइटेड अजोड इन्स्योरेन्सले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेको छ।
कम्पनीले हाल कायम चुक्तापूँजीको १० प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
गत असार ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश शेयरधनीले पाउने छन् । हाल कम्पनीको चुक्तापूँजी २अर्ब १० करोड रुपैयाँ छ ।
हाल कम्पनीको धितोपत्र बजारमा शेयरमूल्य प्रतिकित्ता ५७५ रुपैयाँ छ ।
Visited 9 times, 1 visit(s) today