राप्ती हाइड्रोको हकप्रद शेयर आजदेखि निष्कासनमा
Last updated at 07:52 am
राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनले आज अर्थात् असार १ गतेदेखि हकप्रद शेयर निष्कासन गरेको छ। कम्पनीले हाल कायम चुक्तापूँजीको शतप्रतिशत अर्थात् १ कित्ता शेयर बराबर थप १ कित्ता अनुपातमा हकप्रद शेयर निष्कासन गरेको हो।
जसअनुसार कम्पनीले ६१ करोड २७ लाख ९३ हजार ८ सय रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ।
कम्पनीको हकप्रद शेयरमा असार २२ गतेसम्म आवेदन दिन सकिनेछ। इक्रा नेपालले कम्पनीलाई इक्रा एपी इस्यूअर रेटिङ्ग बी माइनस प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।
हाल कम्पनीको चुक्तापूँजी ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँ छ। हकप्रद निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी १ अर्ब २२ करोड ५५ लाख ८७ हजार ६०० रुपैयाँ पुग्नेछ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल छ।