सगरमाथा जलविद्युतले शतप्रतिशत हकप्रद शेयर ल्याउने, धितोपत्र बोर्डसँग माग्यो अनुमति
Last updated at 08:33 pm
सगरमाथा जलविद्युत कम्पनीले हकप्रद शेयर ल्याउने प्रक्रिया अगाडि बढाएको छ।
कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिँदै हकप्रद शेयर जारी गर्न अनुमति मागेको हो। धितोपत्र बोर्डले अनुमति दिएमा यो कम्पनीले हाल कायम चुक्तापुँजीको १ः१ अनुपात अर्थात् १०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्नेछ।
कम्पनीले १ अर्ब १७ करोड ३२ लाख रुपैयाँबराबरको हकप्रद निष्कासन गर्न अनुमति मागेको छ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा कुल १ करोड १७ लाख ३२ हजार कित्ता शेयर निष्कासन गर्नेछ।
हकप्रद निष्कासन तथा बिक्रीपछि कम्पनीको चुक्तापूँजी २ अर्ब ३४ करोड ६४ लाख रुपैयाँ पुग्नेछ। कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल छ।
Visited 3 times, 1 visit(s) today