एशियन लाईफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा
Last updated at 11:17 am
एशियन लाईफ इन्स्योरेन्सले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट लाभांश घोषणा गरेको छ।
आइतबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको ५ दशमलव १० प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लाग शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनीले पाउने छन्।
यसैगरी, वितरणयोग्य मुनाफाबाट लाभांश वितरणपछि बाँकी रहने रकम जगेडा कोषमा राखिने कम्पनीले बताएको छ।
हाल कम्पनीको चुक्तापूँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ३०७ रुपैयाँ छ ।
Visited 10 times, 1 visit(s) today
