अकामा होटेलले बोलायो विशेष साधारणसभा,आईपीओ निष्कासन गर्ने प्रस्ताव
Last updated at 06:43 am
अकामा होटेल लिमिटेडले आईपीओ जारी गर्ने लगायतका विभिन्न प्रस्तावहरु पारित गर्न आगामी असार १० गते विशेष साधारण सभा बोलाएको छ ।
सभा काठमाडौंको धुम्रबाराहीस्थित कम्पनीको रिजष्टर्ड कार्यालयमा बिहान साढे ११ बजेदेखि शुरु हुनेछ।
सभाले आईपीओ निष्कासन गर्ने, कम्पनीको जारी पूँजी मध्येको संस्थापक समूहको शेयर प्रिमियम मूल्यमा बिक्री गर्ने प्रस्ताव पारित गर्नेछ।
यसैगरी,सोही सभाले कम्पनीको जारी पूँजी वृद्धि गर्ने र शेयर संरचना परिवर्तनसहित कम्पनीको प्रबन्धपत्रको दफा तथा नियमावलीको नियममा आवश्यक संशोधन गर्ने लगायतका विशेष प्रस्ताव पारित गर्नेछ।
Visited 5 times, 5 visit(s) today