छ्याङ्दी हाइड्रोपावरको शतप्रतिशत हकप्रद शेयर निष्कासन शुरु
Last updated at 10:13 am
छ्याङ्दी हाइड्रोपावरले आज अर्थात् जेठ २३ गतेदेखि हकप्रद शेयर निष्कासन खुला गरेको छ। कम्पनीले हाल कायम चुक्तापूँजीको शतप्रतिशत हकप्रद शेयर निष्कासन गरेको हो।
जसअनुसार कम्पनीले ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ।
कम्पनीको हकप्रद शेयरमा असार १२ गतेसम्म आवेदन दिन सकिनेछ। इक्रा नेपालले कम्पनीलाई इक्रा एपी इस्यूअर रेटिङ्ग बी माइनस प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल छ। हाल कम्पनीको चुक्तापूँजी ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ रहेको छ। हकप्रद निष्कासन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्तापूँजी ७७ करोड ३९ लाख ५५ हजार रुपैयाँ पुग्नेछ।