सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने म्याद थप
Last updated at 09:07 am
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले हकप्रद शेयरमा आवेदन दिने म्याद थप भएको छ।माग बमोजिम आवेदन प्राप्त नभएकाले आवेदन दिने समय थप गरिएको कम्पनीले बताएको छ।
कम्पनीले गत बैशाख ३० गतेदेखि निष्कानि गरेको २७ प्रतिशत हकप्रद शेयरमा अब असार ३ गतेसम्म आवेदन दिन सकिने छ।
कम्पनीले हाल कायम एक कित्ता शेयर बराबर नयाँ शून्य दशमलव २७ कित्ता अनुपातमा हकप्रद शेयर निष्कासन गरेको छ। जसअनुसार कम्पनीले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद शेयर निष्कासनमा ल्याएको छ।
केयर रेटिङ्गस नेपालले इन्स्योरेन्सलाई केयर एनपी ट्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता औषतस्तरको रहेको संकेत गर्दछ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग छ।हाल कम्पनीको चुक्तापूँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ छ। हकप्रद शेयर निष्कासन पछि कम्पनीको चुक्तापूँजी ५ अर्ब ३ करोड १२ लाख ३२ हजार रुपैयाँ पुग्नेछ।