हिमस्टार ऊर्जा कम्पनीले पायो आईपीओ निष्कासन गर्न अनुमति
Last updated at 08:05 pm
हिमस्टार ऊर्जा कम्पनीले आईपीओ निष्कासन गर्न अनुमति पाएको छ।
नेपाल धितोपत्र बोर्डले जेठ ९ गते उक्त कम्पनीलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको हो। अब यो कम्पनीले हाल कायम चुक्तापूँजीको ३० प्रतिशतले हुन आउने रकमबराबरको आईपीओ निष्कासन गर्नेछ।
अब कम्पनीले ११ करोड १९ लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकितमूल्यका कुल ११ लाख १९ हजार कित्ता शेयर निष्कासन गर्नेछ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल छ।कम्पनीले ५ मेगावाट क्षमताको बुकु काप्टी जलविद्युत् आयोजना निर्माण सम्पन्न गरेको छ ।
Visited 24 times, 1 visit(s) today
