डेडिकेटेड र ट्रंक लाइनको ग्राहकलाई प्राधिकरणले दियो पुनरावेदन गर्ने समय
Last updated at 07:24 am
नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनबाट बिजुली प्रयोग गरेर महसुल तिर्न बाँकी ग्राहकलाई प्रशासकीय पुनरावेदनका लागि पुन: समय दिएको छ।
प्रधिकरणले विसं २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत उपयोग गरेर महसुल तिर्न बाँकी रहेका ग्राहकलाई जेठ मसान्तसम्ममा प्रशासकीय पुनरावेदन गर्न सक्ने समय दिएको हो।
प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै यस्तो समय दिइएको हो।बाँकी महसुलको ५ प्रतिशत रकम वा सो बराबरको एक वर्षको म्याद रहने क वर्गबाट जारी भएको बैंक ग्यारेन्टी धरौटी राखेर पुनरावेदनमा जान सकिने प्राधिकरणले उल्लेख गरेको छ।
हेर्नुहोस सूचना :
Visited 5 times, 1 visit(s) today