एनएमबि बैंकको अगुवाईमा बज्र मादी जलविद्युत आयोजनामा ऋण लगानी सम्झौता
Last updated at 06:53 am
बज्र मादी जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन भएको छ ।
कास्की जिल्लाको मादी गाउँपालिकामा निर्माणाधीन उक्त आयोजनामा एनएमबि बैंकको अगुवाई रहनेछ । एनएमबि बैंक, कृषि विकास बैंक तथा बज्र इनर्जी भेञ्चर्स प्रालि बीच सो कार्यका लागि सम्झौता भएको छ।
२४ दशमलव ८ मेगावाट क्षमताको उक्त आयोजनाको लागत करिब ५ अर्ब ३५ करोड रुपैयाँ छ भने बैंक तथा वित्तीय संस्थाहरुको ऋण लगानी३ अर्ब ७४ करोड ५० लाख रुपैयाँ रहनेछ । एनएमबि बैंकले हालसम्म ५० वटा भन्दा बढी जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको छ ।
सो अवसरमा भिजन लुम्बिनी ऊर्जा कम्पनीबाट कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका तथा पोखरा महानगरपालिकामा प्रबर्द्धित २५ मेगावाट क्षमता रहेको सेतीनदी जलविद्युत आयोजना विसं २०८१ साल कात्तिक २७ गते मध्यान्ह १२ बजेदेखि व्यापारिक उत्पादन शुरु भएको जानकारी गराइयो ।
उक्त आयोजनामा पनि एनएमबि बैंकको अगुवाईमा कर्मचारी सञ्चयकोष तथा कृषि विकास बैंकले ऋण लगानी गरेका छन् ।