तेस्रो त्रैमासमा आइएमई लाइफ इन्स्योरेन्सको नाफा बढ्यो
Last updated at 10:32 am
आइएमई लाइफ इन्स्योरेन्सले चालू आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । जसअनुसार उक्त अवधिसम्ममा कम्पनीले ३६ करोड ६३ लाख रुपैयाँ बराबर खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १० दशमलव ४९ प्रतिशतले बढी हो ।
अघिल्लो आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले ३३ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।समीक्षा अवधिसम्ममा कम्पनीले ३ अर्ब ६० करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १५ दशमलव ६५ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले ३ अर्ब ११ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
यसैगरी, कम्पनीको कुल आम्दानी ४ अर्ब ८२ करोड रुपैयाँ छ । समीक्षा अवधिमा कम्पनीले खुद दाबी भुक्तानीतर्फ ३ अर्ब ५१ करोड रुपैयाँ गरेको छ । कम्पनीको महाविपत्ती कोषमा २२ करोड ९८ लाख र रिटेन्ड अर्निङ ४२ करोड ५६ लाख रुपैयाँ बराबर छ ।
त्यसैगरी, कम्पनीले पुनर्बीमातर्फ १२ करोड ७६ लाख रुपैयाँ खर्च गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले पुनर्बीमातर्फ १७ करोड ५८ लाख रुपैयाँ खर्च गरेको
त्यस्तै, कम्पनीले अभिकर्ता कमिशनतर्फ ३३ करोड ५९ लाख रुपैयाँ खर्च गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले अभिकर्ता कमिशनतर्फ ३१ करोड १७ लाख खर्च गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीले १ लाख ४८ हजार ५४१ वटा कुल बीमा पोलिसी जारी गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ९ दशमलव ७७ रुपैयाँ छ भने प्रतिशेयर नेटवर्थ १३२ दशमलव ६७ रुपैयाँ छ ।
त्यस्तै मूल्य आम्दानी अनुपात ४७ दशमलव ३३ गुणा छ ।कम्पनीको चुक्तापूँजी ५ अर्ब रुपैयाँ छ । साताको अन्तिम कारोबार दिन बुधबार धितोपत्र बजार बन्द हुँदा कम्पनीको शेयरमूल्य प्रतिकित्ता ४५२ रुपैयाँ छ ।