हिमालयन लाइफको वित्तीय सूचकमा सामान्य वृद्धि, यस्ता छन् अन्य सूचक
Last updated at 03:15 pm
हिमालयन लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण आइतबार प्रकाशित गरेको छ ।
जसअनुसार कम्पनीले उक्त अवधिमा४७ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो अघिल्लो आवको तुलनामा ८ दशलमव ४९ प्रतिशतले बढी हो ।अघिल्लो आवको सोही अवधिमा कम्पनीले ४३ करोड ५४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
समीक्षा अवधिमा कम्पनीले १२ अर्ब ४९ करोड ५५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवमा भने कम्पनीले १२ अर्ब ३३ करोड १३ लाख बीमाशुल्क आर्जन गरेको थियो। यो अघिल्लो आवकोकुल बीमाशुल्क आर्जन १ दशमलव ३३ प्रतिशतले बढी हो ।
यसैगरी, कम्पनीले १२ अर्ब १८ करोड ३० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ।अघिल्लो आवको सोही अवधिमा कम्पनीले १२ अर्ब २ करोड ३० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।
समीक्षा अवधिमा कम्पनीले पुनर्बीमातर्फ ३१ करोड २४ लाख रुपैयाँ खर्च गरेको देखिन्छ । गत आवको सोही अवधिसम्ममा भने कम्पनीले पुनर्बीमातर्फ ३० करोड ८२ लाख रुपैयाँ खर्च गरेको थियो ।
समीक्षा अवधिसम्ममा कम्पनीको रिटेन्ड अर्निङमा १ अर्ब ९ करोड ९० लाख रुपैयाँ छ भने महाविपत्ती कोषमा ४७ करोड ८ लाख छ । त्यस्तै कम्पनीको जीवन बीमा कोषको आकार ७३ अर्ब ७७ करोड रुपैयाँ छ ।समीक्षा अवधिमा कम्पनीले अभिकर्ता कमिशनतर्फ ९८ करोड ६४ लाख रुपैयाँ खर्च गरेको छ ।
यसैगरी, तेस्रो त्रैमाससम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ८९ पैसा छ । त्यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ ११६ रुपैयाँ ७ पैसा छ। कम्पनीको मूल्य आम्दानी अनुपात ६१ दशमलव ५१ गुणा छ ।
कम्पनीको चुक्तापूँजी ९ अर्ब १४ करोड रुपैयाँभन्दा बढी छ । साताको अन्तिम कारोबार दिन बुधबार धितोपत्र बजार बन्द हुँदा कम्पनीको शेयरमूल्य प्रतिकित्ता ४१७ रुपैयाँ छ ।