विकास हाइड्रोपावरले आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डबाट पायो अनुमति
Last updated at 05:54 pm
विकास हाईड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासनको लागि अनुमति पाएको छ ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अंकित मूल्य १०० रुपैयाँको दरले ४४ लाख ५४ हजार ५९६ कित्ता साधारण शेयर प्रारम्भिक सार्वजनिक निष्कासनका लागि अनुमति पाएको हो ।
बोर्डले कम्पनीलाई गत फागुन १५ गते स्वीकृती दिएको हो । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड छ ।
कम्पनीले गोरखा जिल्लाको उत्तरी भूभागमा पर्ने धार्चे गाँउपालिकामा रहेको बुढीगण्डकी नदीको सहायक नदी माछा खोलामा करिब १ अर्ब लगानीमा ४ दशमलव ५५ मेगावाट क्षमताको माथिल्लो माछाखोला जलविद्युत् आयोजना निर्माण भई विद्युत् उत्पादन भइरहेको छ ।
निर्माण सम्पन्न भएको आयोजनामा प्रमोटरको ३५ प्रतिशत लगानी र राष्ट्रिय वाणिज्य बैंकको ६५ प्रतिशत ऋण मार्फत लगानी छ । यस आयोजनामा गैह्रआवासीय नेपालीका साथै स्वदेशका व्यवसायीहरुको लगानी छ ।