साताको शेयर समीक्षा : अन्योलताका बीच घटेको बजार कता जाला ?
Last updated at 06:40 am
यो साता धितोपत्र बजार २ दशमलव ३५ प्रतिशत अर्थात् ६४ अंकले घटेको छ ।
अघिल्लो साता भने बजार ५२ दशमलव शून्य ३ अंकले बढेको थियोे साता धितोपत्रको पाँच दिन कारोबार भएको छ । यो साता बजार चार दिन घटेको छ भने एक दिनमात्र बढेको छ। अघिल्लो साता २ हजार ७२२ दशमलव ७३ विन्दुमा बन्द भएको बजार यो साता घटेर २ हजार ६५८ दशमलव शून्य २ विन्दुमा बन्द भएको छ ।
यो साता ४० अर्ब ९८ करोड रुपैयाँ बराबरको धितोपत्रको खरिदबिक्री भएको छ । अघिल्लो साता भने ३२ अर्ब ८८ करोड रुपैयाँबराबरको धितोपत्रको खरिदबिक्री भएको छ । धितोपत्रको खरिदबिक्री भएको थियो । यसलाई तुलना गर्दा यो साता धितोपत्रको दोस्रो बजारमा नेप्से परिसूचक र कारोबार दुवै घटेको देखिन्छ।
समग्रमा यो साता बजार ओरालो लागेको छ । गत साता १ दशमलव ९४ प्रतिशतले नेप्से बढेको थियो । धितोपत्रको दोस्रो बजारमा वृद्धिदरभन्दा गिरावट दर ठूलो देखिएको छ ।
बजार घटे पनि कारोबार रकम भने उल्लेख्य नै रहेको देखिन्छ । आइतबार ८ अर्ब ४३ करोडको कारोबार भएकोमा सोमबार ८ अर्ब ७७ करोड तथा मंगलबार ८ अर्ब ३२ करोड, बुधबार ७ अर्ब ५७ करोड र बिहीबार ७ अर्ब ८७ करोडको कारोबार भएको छ ।
बजार निरन्तर घटेका कारण यो साता बजार पूँजीकरण पनि घटेको छ।यो साता बजार पूँजीकरण ४४ खर्ब १९ अर्ब रुपैयाँ रहेको छ । अघिल्लो साता भने बजार पूँजीकरण ४५ खर्ब २६ अर्ब रुपैयाँ बराबर थियो । यो साता बजार घटेका कारण लगानीकर्ताको सम्पत्ति १ खर्ब ७ अर्ब रुपैयाँ घटेको छ।
यो साता विकास बैंक र वित्त समूह चार प्रतिशतभन्दा धेरैले घटेको देखिन्छ । गत साता विकास बैंक समूह ४ दशमलव २ प्रतिशतले बढेको थियो भने वित्त समूह शून्य दशमलव ७४ प्रतिशत मात्रै बढेको थियो । गत साता लगानी समूह सबैभन्दा धेरै ७ दशमलव ३३ प्रतिशतले बढेको थियो ।
यो साता भने उत्पादन समूह मात्रै १ दशमलव ५ प्रतिशतले बढेको छ ।उत्पादन समूहमा रहेका दुई कम्पनी यो साता मूल्य धेरै बढेका १० कम्पनीभित्र परेका छन्।
हुन त बजार घट्नुका पछाडि विभिन्न कारणहरु प्रमुख छन् । हालै मात्र बैंकहरुको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । यसमा बैंकहरूको वित्तीय विवरण त्यति सुखद देखिएन ।यतिमात्र नभएर सडकमा विभिन्न पक्षको आन्दोलन भइरहेको छ।यो समस्या पनि समाधान हुन सकेको छैन ।
यसैगरी, लामो समयदेखि नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त हुन सकेको छैन।यस कारण पनि बजार अगाडि बढ्नुको साटो तल झरिरहेको छ ।