पियोर इनर्जीको आईपीओ बाँडफाँट, १७ लाखभन्दा बढी आवेदकको हात रित्तो
Last updated at 10:35 am
पियोर इनर्जीको आईपीओ बिहीबार बिहान बाँडफाँट भएको छ ।
गत वैशाख २ गतेसम्म सर्वसाधारणलाई निष्कासन गरिएको आईपीओ धितापत्र निष्कासन तथा बिक्री प्रवन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङको कार्यालयमा बाँडफाँट गरिएको हो । आईपीओ बाँडफाँटका लागि गरिएको गोलाप्रथाबाट बल नम्बर ८ छनोट भएको थियो । आईपीओमा कुल १८ लाख ४६ हजार ६६४ जनाको आवेदन स्वीकृत भएको थियो ।
१ लाख १९ हजार ५२० जनाले १० कित्ताका दरले आईपीओ पाएका छन् । कुल स्वीकृत आवेदनमध्ये शेयर पाउनेको संख्या जम्मा ६ दशमलव ४ प्रतिशत हो ।
बाँकी १७ लाख २७ हजार १४४ जनाको हात रित्तो भएको छ । कम्पनीले सर्वसाधारणका लागि कुल ११ लाख ९५ हजार २०० कित्ताका आवेदन खुला गरेको थियो ।
शेयर बाँडफाँटको नतिजा केही बेरपछि सीडीएससी को वेबसाइटमार्फत हेर्न सकिनेछ ।
Visited 4 times, 1 visit(s) today