तेस्राे त्रैमासमा निफ्राकाे नाफा ९० कराेडमा सीमित
Last updated at 05:43 pm
चालू आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को नाफा ९० करोड रूपैयाँमा सीमित भएको छ।
गत आर्थिक वर्षको यही अवधिमा ९८ करोड नाफा कमाएको कम्पनीकाे नाफा ८.१६ प्रतिशतले घटेको हो।
कम्पनीकाे खुद ब्याज आम्दानी नै २४ प्रतिशतले घटेर १ अर्ब ४८ करोडमा सीमित भएको छ।
गत वर्षको यो अवधिमा कम्पनीकाे यस्तो आम्दानी १ अर्ब ९५ करोड रूपैयाँ थियाे।
यसैगरि,समीक्षा अवधिमा कम्पनीले २४ अर्ब बराबर कर्जा लगानी गरेको छ।
कम्पनीकाे खराब कर्जा ०.२१ प्रतिशत छ। त्यस्तै, कम्पनीकाे प्रतिशेयर नेटवर्थ ११७ रूपैयाँ ८१ पैसा र मूल्य आम्दानी अनुपात ४९ गुणा छ।
Visited 1 times, 1 visit(s) today