४ अलग कम्पनीले आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा दिए आवेदन
Last updated at 06:39 am
चार ओटा अलग -अलग कम्पनीले आईपीओ निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएका छन्।
होटल समूहका वर्णवास म्युजियम होटल र माउन्टेन ग्लोरी,अन्य समूहका प्रभु हेलिकोप्टर र जलविद्युत् समूहको म्याग्दी हाइड्रापावरले नेपाल धितोपत्र बोर्ड(सेबोन) मा आईपीओ निष्कासनको अनुमति माग्दै आवेदन दिएका हुन्।
वर्णवास म्युजियम होटलले ३९ करोड ६० लाख रुपैयाँबराबरको आइपीओ ल्याउने धितोपत्र बोर्डसँग अनुमति मागेको छ। धितोपत्र बोर्डको अनुमतिपछि कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा कुल ३९ लाख ६० हजार कित्ता शेयर निष्कासन गर्नेछ । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल छ।
त्यस्तैm माउन्टेन ग्लोरीले ४० करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्नका लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा कुल ४० लाख कित्ता शेयर निष्कासन गर्नेछ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल छ।
यसैगरी, प्रभु हेलिकोप्टरले ६१ करोड २५ लाख रुपैयाँबराबरको आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ । जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा कुल ६१ लाख २५ हजार कित्ता शेयर निष्कासन गर्नेछ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल छ।
त्यस्तै, म्याग्दी हाइड्रोपावरले ४७ करोड ४५ लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गर्नका लागि धितोपत्र बोर्डसँग अनुमति मागेको छ। उक्त कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा कुल ४७ लाख ४५ हजार कित्ता शेयर निष्कासन गर्नेछ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल छ।