अनधिकृत कारोबार भएको पाइएमा तत्काल खबर गरौैं : राष्ट्र बैंक
Last updated at 05:10 pm
नेपाल राष्ट्र बैंकले अनधिकृत कारोबार भएको पाइएमा तत्काल खबर गर्न आग्रह गरेको छ । केन्द्रीय बैंकले वित्तीय सचेतनाका लागि मंगलबार एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।
खाताबाट अनधिकृत कारोबार भएको थाहा पाउनासाथ कहाँ र कसलाई खबर गर्ने भन्ने बारे धेरैजसो मानिसहरु अनविज्ञ रहेको सन्दर्भमा सचेत रहन भनिएको छ।
बैंक तथा वित्तीय संस्थाले ग्राहकको समस्या सुन्न र आवश्यक समाधानका लागि टोल फ्री नम्बर तथा ग्राहकको सहयोगको लागि कर्मचारीहरू ‘कस्टमर सपोर्ट टिम’ को व्यवस्था गरेका हुन्छन् ।
कुनै अनधिकृत कारोबार भएको थाहा पाउनासाथ तत्काल त्यस्तो नम्बर र इकाईमा खबर गर्नु पर्ने राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।
यसका साथै, आफूले कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाहरूको आपतकालीन सहयोगको लागि सम्पर्क नम्बरहरु थाहा पाइराख्न समेत सूचनामा भनिएको छ ।