आईपीओ निष्कासन गर्ने योजनामा गोदावरी स्टिल,बोलायो साधारणसभा
Last updated at 07:34 am
गोदावरी स्टिल लिमिटेडले आईपीओ निष्कासन गर्ने प्रक्रिया शुरु गरेको छ ।जसका लागि कम्पनीले १० औं वार्षिक साधारण सभा आगामी वैशाख २६ गते अपरान्ह १ बजे बोलाएको छ ।
सभा ललितपुरको ग्वार्कोस्थित कम्पनीको मुख्य कार्यालयमा हुने छ। सभाले सर्वसाधारणको लागि आईपीओ निष्कासन तथा शेयर मूल्य निर्धारण र निष्कासनबाट प्राप्त रकम उपयोग गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यस्तै, सभाले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन लेखापरीक्षकको प्रतिवेदन पनि पारित गर्नेछ ।
यसैगरी, सोही सभाले आव २०८१/०८२ को लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने तथा सञ्चालक समितिमा संस्थापक शेयरधनीहरुबाट प्रतिनिधित्व गर्ने ३ जना संचालकको निर्वाचन गर्ने प्रस्ताव पारित गर्नेछ ।
यसैगरी, सोही सभाले कम्पनीको अधिकृत, जारी तथा चुक्तापूँजी वृद्धि गर्ने र सोही बमोजिम प्रबन्धपत्र र नियमावलीको सम्बन्धित दफाहरु संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।