नेपाल ल्युव आयलद्वारा २००% हकप्रद निष्कासनका लागि धितोपत्र बोर्डमा आवेदन
Last updated at 06:55 am
नेपाल ल्युव आयल लिमिटेडले हकप्रद निष्कासन गर्ने योजना बनाएको छ ।
कम्पनीले जसका लागि अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन) मा आवेदन दिएको छ । कम्पनीले १ः२ अर्थात् २०० प्रतिशत हकप्रद निष्कासनका लागि बोर्डसँग गत चैत २७ गते अनुमति मागेको हो ।
बोर्डबाट आवेदन स्वीकृत भएमा कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १४ करोड ५७ लाख २५ हजार ३६० रुपैयाँ बराबरको १४ लाख ५७ हजार २५३ दशमलव ६० कित्ता हकप्रद निष्कासन गर्नेछ ।
कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल छ । कम्पनीको गत माघ २९ गते बसेको विशेष साधारण सभाले हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो ।
हाल दोस्रो बजारमा कम्पनीको शेयरमूल्य प्रतिकित्ता २७६ रुपैयाँ हाराहारी छ ।कम्पनीले गल्फ आयल इन्टरनेशनलको प्रत्यक्ष निगरानीमा नेपालमै गल्फ लुब्रिकेन्ट उत्पादन गर्नुका साथै बिक्रीरवितरण समेत गर्छ । गल्फ अन्तरराष्ट्रिय लुब्रिकेन्ट्स ब्रान्ड हो ।