पियोर इनर्जीको आईपीओ आजदेखि निष्कासनमा
Last updated at 03:17 pm
पियोर इनर्जी लिमिटेडले आज अर्थात् बुधबारदेखि आईपीओ निष्कासन शुरु गरेको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट गरेकाले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन शुरु गरेको हो।
कम्पनीले अंकित मूल्य १०० रुपैयाँका दरले ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको ११ लाख ९५ हजार २०० कित्ता शेयर निष्कासन शुरु गरेको हो।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सकिने छ । निष्कासन बन्द छिटोमा बैशाख २ गते हुनेछ भने ढिलोमा बैशाख ११ गते हुनेछ।
आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग छ।